२४ घण्टामा थपिए २५६८ संक्रमित

काठमाडौं- पछिल्लो २४ घण्टामा नेपालमा थप २,५६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४०२ पीसीआर परीक्षणमा १९८१ र ४२३४ एन्टिजेन परीक्षणमा ५८७ जना गरी २५६८ जनामा संक्रमण पुष्टि भएको हो ।

काठमाडौं उपत्यकामा मात्रै ८ सय ५१ जना संक्रमित थपिएका छन् । जसमा काठमाडौंका ५ सय ९४, ललितपुरका १ सय ६६ र भक्तपुरका ९१ जना रहेका छन् । त्यस्तै गएको २४ घण्टामा संक्रमणका कारण १८ जनाको मृत्यु भएको छ भने २०२० जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर ३१ हजार २९८ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ६७७ जनाको आईसीयू र १६९ जना भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.