सरकारी सेवा सुविधा नलिने स्वास्थ्य मन्त्रीको घोषणा

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गर्नुभएको छ ।

सोमबार मन्त्रालयमा आफ्नो १०० दिने कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले सुरक्षाकर्मी बाहेक आवास, गाडी र तलबभत्ता नलिने घोषणा गर्नुभएको हो । उहाँले पदमा रहँदासम्म आफू संलग्न व्यवसायबाट पनि अलग रहनुभएको छ ।

राज्यमन्त्री श्रेष्ठले चैतभित्रमा सबै नागरिकलाई खोप लगाउने प्रतिबद्धता जनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.