अब हुने परीक्षा रोक्न स्वास्थ्य मन्त्रालयको सिफारिस
काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब हुने सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ ।
कोभिड–१९ संक्रमण फैलदै गएकाले परीक्षा रोक्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । ‘संक्रमण बढ्दै गएकाले थप जोखिम नहोस् भनेर यस्तो निर्णय लिइएको हो,’ उहाँले नेपालटीभी अनलाइनसँग शुक्रबार साँझ भन्नुभयो ।
शुक्रबार नै स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ट्विट गर्दै विद्यमान परिस्थितिमा ४ लाख विद्यार्थीको जीवनरक्षा संवेदनशील हुँदै परीक्षा रोक्न सिफारिस गरेको बताउनुभएको छ । ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई सिफारिस गरेको जानकारी गराउँछु,’ उहाँले लेख्नुभएको छ ।






प्रतिक्रिया राख्नुहोस्