साहस ऊर्जाले प्रभावितलाई साधारण शेयर बिक्री गर्ने
संखुवासभा- छयासी मेगावाट क्षमताको सोलुखोला (दूधकोशी) जलविद्युत आयोजना निर्माण गरिरहेको साहस ऊर्जा लिमिटेडले आइपिओ निष्कासन गर्ने भएको छ ।
जिल्लाको थुलुङ दूधकोशी-३ पञ्चनमा निर्माणाधीन जलविद्युत् आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीलाई लक्ष्य गरी आइपिओ निष्कासन गरिने भएको हो ।
नेपाल धितोपत्र बोर्डबाट एक करोड पाँच लाख कित्ता साधरण शेयर निष्कासन गर्न अनुमति पाएको साहस ऊर्जाले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका नागरिकका लागि ३५ लाख कित्ता शेयर निष्कासन गर्ने जनाएको छ ।
सोलुखुम्बु जिल्लाका नागरिकले साउन २९ देखि भदौ ११ गतेसम्म आवेदन दिन सक्ने बताइएको छ । उक्त समयमा खुला गरिएको शेयर बिक्री नभएमा ढिलोमा भदौ २७ सम्म आवेदन दिन सकिने कम्पनीद्वारा जारी सूचनामा उल्लेख छ ।
कम्पनीले प्रतिशेयर रु १०० मूल्यका दरले ३५ लाख कित्ता साधारण शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको कम्पनीका अध्यक्ष हिम पाठकले जानकारी दिनुभयो ।-
प्रतिक्रिया राख्नुहोस्