न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक हुँदै
काठमाडौं– सत्तारुढ गठबन्धनको कार्यदलले सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम र कार्यविधि प्रतिवेदन आज सार्वजनिक हुँदैछ ।
नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्का संयोजक रहेको सात सदस्यीय कार्यदलले आज दिउँसो ४ बजे सिंहदरवारबाट कार्यक्रम सार्वजनिक गर्ने तयारी छ । कार्यदलमा खड्कासहित कांग्रेस नेता डा. मीनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रका वर्षमान पुन र देव गुरुङ, जसपाका नेता राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव तथा कार्यदलका सदस्यसचिव केशवराज जोशी रहनुभएको छ ।
कार्यदलले दुई दिनअघि नै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई हस्तान्तरण गरेको थियो ।
प्रतिक्रिया राख्नुहोस्