पत्रकारको पेसागत सुरक्षामा प्रतिबद्ध छुः प्रधानमन्त्री
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले व्यवसायिक पत्रकारिताको रक्षा र पेसागत सुरक्षाका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
मंगलबार बिहान नेपाल पत्रकार महासंघ नेपाल टेलिभिजन प्रतिष्ठान शाखा, नेपाल प्रेस यूनियन र नेपाल टेलिभिजन कर्मचारी संघका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले सो कुरा बताउनु भएको हो । त्यस वखत प्रधानमन्त्री तथा नेपाली कांग्रेस सभापति देउवाले नेपाली कांग्रेस सदैव प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा रहेको बताउनुभयो ।
सूचना तथा सञ्चार प्रविधि मन्त्री समेत रहनुभएका प्रधानमन्त्री देउवाले नेपाल टेलिभिजनको समग्र हितमा सम्वध्द सवै पक्षसँग सुझाव लिएर सरकारले काम गर्ने पनि बताउनु भयो ।
भेटमा नेपाल प्रेस युनियन एनटीभी च्याप्टरका अध्यक्ष दिपकजंग हमालले नेपाल टेलिभिजनको पछिल्लो बस्तुस्थितिको बारेमा जानकारी गराउनु हुँदै संस्थानमा रिक्त रहेको अध्यक्ष पदमा योग्य र सक्षम व्यक्तिलाई नियुक्त गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । त्यस वखत संस्थान र कर्मचारीहरुको हित अभिवृद्धिमा ध्यान दिन समेत प्रतिनिधि मण्डलले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनुभएको थियो ।
प्रतिक्रिया राख्नुहोस्