२४ घण्टामा ३४८१ संक्रमित थपिए, ३० जनाको मृत्यु

काठमाडौं– नेपालमा थप ३ हजार ४ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। कृष्ण पौडेलले मन्त्रालयको प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार १६ हजार ६ सय ५६ जनाको नमूना परीक्षण गर्दा ३ हजार ४ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार एक हजार ८ सय ५० जना कोरोनामुक्त भएका छन् ।

काठमाडौंमा ६६३ जना, ललितपुरमा १९२ र भक्तपुरमा १०९ जना संक्रमित थपिएका छन् ।

२४ घण्टामा ३० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.