सिसेली टापुमा युरोपकै अहिलेसम्मकै उच्च तापक्रम मापन

इटाली– इटालीको सिसेली टापुमा युरोपकै अहिलेसम्मकै उच्च तापक्रम मापन गरिएको छ ।

सिसेलीमा हिजो ४८ दशमलब ८ डिग्री सेन्टिग्रेड तापक्रम पुगेको हो । सन् १९७७ मा ग्रीसको एथेन्समा ४८ डिग्री सेन्टिग्रेड तापक्रम पुगेको आधिकारिक रेकर्ड रहेको छ ।

एथेन्सपछि युरोपमा इटालीमा उच्च तापक्रम मापन गरिएको हो । जुन ग्रीसकोभन्दा बढी रहेको छ । इटालीमा तातोहावा चल्नु र तापक्रम बढ्नुको मुख्य कारण अफ्रिकाबाट शुरु भएको लुसिफर नामको विपरित चक्रवातको प्रभाव बताइएको छ ।

विपरित चक्रबातले वायुमण्डलाई बढी दवाब दिएपछि अत्यधिक गर्मी भएको विज्ञहरुले बताएका छन् । विपरित चक्रवात इटालीको मुख्य क्षेत्र हुँदै उत्तरतर्फ बढिरहेकाले सो क्षेत्रमा पर्ने कयौं सहर सहित राजधानी रोमको पनि तापक्रम बढ्ने पूर्वानुमान गरिएको छ ।

उच्च तापक्रम वृद्धि भइरहेका क्षेत्रमा स्वास्थ्य मन्त्रालयले खतराको सूचक राख्दै नागरिकहरुलाई सचेत गराइरहेको छ ।इटालीमा भूमध्यसागरीय गर्मीबाट सिसेली, क्यालाब्रिया र पुलिया क्षेत्र सबैभन्दा प्रभावित छन् । जलवायु परिवर्तन र वन डढेलो तापक्रम वृद्धिको मुख्य कारण रहेको विज्ञहरुको भनाई छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.