राजधानी काबुल विद्रोहीको नियन्त्रणमा जाने खतरा, प्रत्येक दिन नयाँ क्षेत्र कब्जा गर्ने क्रम जारी

अफगानिस्तानमा तालिवान विद्रोहीले हिजो नाटकीय रुपमा गजनी र हेरात शहर कब्जा गरेका छन् । यी दुई शहर तालिवानले कारवाही शुरु गरेयताकै सहज जीत हो ।

रणनीतिक रूपमा महत्वपूर्ण गजनी कब्जा गरेपछि तालिबानले राजधानी काबुल कब्जा गर्ने सम्भावना बढेको विश्लेषकहरुको भनाई छ । साथै दोस्रो ठूलो शहर कान्दाहारमा भीषण संघर्ष भएको छ ।

अमेरिकी र अन्य विदेशी सेनाहरु २० वर्षपछि फिर्ता भएपछि अफगानिस्तानमा दैनिक तालिवानहरुको गतिविधि बढेको छ । प्रत्येक दिन नयाँ क्षेत्रहरु कब्जा गर्ने क्रम जारी छ ।

तालिवान विद्रोहीले एक तिहाई क्षेत्रीय शहरहरु आफ्नो कब्जामा लिइसकेका छन् । दैनिक जसो हुने भिडन्तमा हजारौं नागरिकहरु मारिएका छन् । राजधानी काबुलबाट १ सय ५० किलोमिटरको दूरीमा रहेको गजनी विद्रोहीको नियन्त्रणमा जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.