महन्थ ठाकुर समूह नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा

काठमाडौं– जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुर समूह नयाँ पार्टी गठनका लागि निर्वाचन आयोगमा पुगेका छन् ।

ठाकुर समूहले नयाँ पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) प्रस्ताव गरेको छ भने चुनाव चिन्ह साइकल रहनेछ ।

ठाकुरको नेतृत्वमा राजेन्द्र महतोसहितका नेताहरु निर्वाचन आयोग जानुभएको हो ।

दल फुटाउन सजिलो हुने गरी अध्यादेश आएपछि ठाकुर समूह नयाँ पार्टी बनाउने निर्णयमा पुगेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.