फुट्यो एमाले, माधवकुमार नेपालको नेतृत्वमा नयाँ दल दर्ता

काठमाडौं– संघीय संसदको सबैभन्दा ठूलो दल नेकपा एमाले फुटेको छ ।

दल विभाजनका लागि सहज हुने गरी नयाँ अध्यादेश जारी भएकै दिन बुधबार वरिष्ठ नेता माधवकुमार नेपालको नेतृत्वमा नेकपा एमाले समाजवादी नामक दल दर्ता भएको नेतृ रामकुमारी झाँक्रीले जानकारी दिनुभयो । दल दर्ताका लागि नेपालसहितका नेताहरु निर्वाचन आयोग पुग्नुभएको थियो ।

निवेदनमा पार्टीको चुनाव चिह्न भने टुंगो लाग्न सकेन । ‘खुला किताब’ प्रस्ताव गरिए पनि उन्नत लोकतान्त्रिक पार्टीको चुनाव चिन्ह ‘छड्के परेको किताब’सँग मिल्दो जुल्दो हुने भएकाले टुंगो नलागेको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको अन्तरसंघर्ष चर्किँदै गएपछि अन्ततः नेपालसहितका नेताहरुले विभाजनको बाटो रोज्नुभएको हो ।

नयाँ दलमा एमालेका दोस्रो तहका नेताहरु जान अस्वीकार गर्नुभएको छ । नेपाल समूहमा रहनुभएका उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, बामदेव गौतम, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भूसाल, सचिव योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्यसहितका नेताहरुले साथ छाड्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.