एमालेमा १० बुँदे कार्यान्वयन गर्न कार्यदल

काठमाडौं– नेकपा एमालेले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्न कार्यदल गठन गरेको छ ।
केन्द्रीय कमिटीको बिहीबार बसेको बैठकले महासचिव ईश्वर पोखरेल नेतृत्वको कार्यदल गठन गरेको छ । कार्यदलमा संगठन विभाग प्रमुख तथा उपमहासचिव विष्णु पौडेल, तत्कालीन एमालेको जनवर्गीय संगठन मोर्चा इन्चार्ज रहेका सचिव गोकर्ण विष्ट र हाल एमालेमा मोर्चा इन्चार्ज रहेका टोपबहादुर रायमाझी रहनुभएको छ ।
एमालेले पार्टीको कारवाहीमा परिसकेका व्यक्तिलाई सनाखत गराएर नयाँ दल दर्ता गरेको भन्दै निर्वाचन आयोगविरुद्ध अदालत जाने निर्णयसमेत गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
एमालेले १४ जना सांसदलाई विधान र कानूनबमोजिम सभामुखले कारबाही नगरेको भन्दै आलोचना गरेको छ ।






प्रतिक्रिया राख्नुहोस्