तालिवानले शैक्षिक पाठ्यक्रम परिवर्तन गर्दै, इस्लाम कानूनको आडमा महिलामाथि दमन हुनसक्ने

अफगानिस्तानको सत्तामा पुगेको तालिवानले त्यहाँको राष्ट्रिय शैक्षिक पाठ्यक्रममा परिवर्तन गर्न लागेको छ । तालिवान कामचलाउ सरकारका शिक्षा मन्त्रीले इस्लाम धर्मलाई केन्द्रमा राखेर पाठ्यक्रमहरुको परिमार्जन गरिने बताएका छन् ।

राजधानी काबुलमा आयोजित पत्रकार सम्मेलनमा शिक्षा मन्त्री अब्दुल बागी हक्कानीले इस्लाम धर्म विरुद्ध हुने कुनै पनि विषय र सन्दर्भलाई हटाइने जनाऊ दिए ।

पत्रकार सम्मेलनमा उनले अफगानीहरुले इस्लाम बाहेक अन्य स्विकार नगर्ने पनि बताए । १९९० मा पहिलो पटक अफगानिस्तानको सत्तामा पुगेको तालसवानले त्यतिबेला इस्लाम धर्मको अवाला दिंदै लागू गरेका बन्देजात्मक कानूनहरुले महिलाहरु माथी निकै विभेद र दमन भएको विषय बाहिर आएको थियो ।

अहिले त्यस्तो नहुने कुरामा विस्वस्त रहन तालिवानले भनेको भएपनि शैक्षिक कार्यक्रम परिमार्जनको विषयले धेरैलाई सशंकित बनाएको छ ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.