अफगानिस्तानबाट झन्डै २० वर्षपछि पूर्ण रूपमा अमेरिकी फौज फिर्ता

अमेरिकी सेनाले अफगानिस्तानबाट झन्डै २० वर्षपछि पूर्ण रूपमा आफ्ना फौज फिर्ता गरेको छ । बीस वर्षे लामो बसाइपछि अमेरीकी सेना सबै आफ्नै देश अमेरीका फर्किएका हुन् ।

यो दिनलाइ तालिवानहरुले ठाउँठाउँमा बन्दुक पड्काएर यो दिन तालिवानीहरुले मनाइरहेका छन् । २० वर्ष अगाडि अमेरीकी ट्‍वीनटावरमा अलकायदाले आक्रमण गरेपछि अमेरीकाले आफ्नो सैन्य टोली अफगानिस्तानमा राखेको थियो ।

अमेरीकी सेना अफगानिस्तानमा रहँदा त्यहाँका जनताले सुरक्षाको महसुस गरी तालिवान विरोधि गतिविधीमा संलग्न भएका थिए ।

अमेरिकी सेना र तालिवानबीचको युद्धमा २४ सय अमेरीकी सेनाको मृत्यु भएको छ । अमेरीकी सेना स्वदेश फिर्ताको समय नजिकिदै आएपछि तालिवानले राजधानी कावुल कब्जा गरी सत्ता आफ्नो हातमा लिन सफल भएको छ ।

आजसम्ममा अफगानिस्तानवाट १ लाख भन्दा वढिलाइ उद्धार गर्ने योजना अमेरीकी सेनाको छ । अझैपनि कावुल विमानस्थलमा हजारौँको सङ्ख्यामा अफगानिस्तान छोड्न चाहनेहरु उद्धारको पर्खाइमा छन् ।

विमानस्थलमा आत्मघाती वम विस्फोट भएको छ । बिस्फोटनबाट १ सय ७० जना भन्दा वढि मानिसको मृत्यु भयो । प्रतिकार स्वरुप अमेरीकाले ड्रोन आक्रमण गर्दा दुवै आक्रमणमा मानिसहरुको मृत्यु भयो । तर अफगानिस्तान छोड्न चाहनेलाइ यी दुवै आक्रमणले भय ल्याएन ।-

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.