कोभिडका कारण मूलुकको अर्थतन्त्र स्थिर : प्रधानमन्त्री
‘आगामी चैत्र मसान्त सम्ममा सरकारले सबैलाई खोप उपलब्ध गराइसक्छ’

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिडका कारण मूलुकको अर्थतन्त्र स्थिर रहेको बताउनु भएको छ।
पाँचौं अन्तर्राष्ट्रिय महिला उद्यमीहरुको अनलाइन भर्चुअल व्यापार मेलाको उदघाटन गर्दै प्रधानमन्त्री देउवाले निजी क्षेत्रसँगको सहकार्यमा सरकार अर्थतन्त्रको पुनरुत्थानमा कृयाशील रहने बताउनु भयो। यसका लागि आगामी चैत्र मसान्त सम्ममा सरकारले सबैलाई खोप उपलब्ध गराइसक्ने बताउनुभयो। नेपाली महिलाहरुको उत्पादनलाई प्रवर्धन गर्न बजार विस्तारमा यस प्रकारका मेलाहरु फलदायी हुने भन्दै प्रधानमन्त्री देउवाले आन्तरिक उत्पादनको प्रयोग बढाउन सरकारले सकारात्मक पहल गर्ने बताउनुभयो।
अनलाइन बजारीकरणको माध्यमबाट महिलाहरुको उत्पादन प्रवर्द्धन गर्ने उद्देश्यले मेला आयोजन गरिएको हो ।






प्रतिक्रिया राख्नुहोस्