राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्‍वान

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गते बुधबार सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्‍वान गर्नुभएको छ ।

संविधानको धारा ९३ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा भदौ २३ गते बुधबारका दिउँसो ४ बजे बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्‍वान गर्नुभएको हो ।

सरकारले गत साउन ३२ गते संसद् अधिवेशन अन्त्य गरेको थियो । केही महत्वपूर्ण विधेयक अगाडि बढाउने लक्ष्यका साथ सङ्घीय संसद्को बैठक आह्वान गर्न सिफारिस गरिएको बताइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.