भारतीय प्रधानमन्त्रीको पुत्ला जलाएकोमा सरकारको आपत्ति

काठमाडौं– गृह मन्त्रालयले भारतीय प्रधानमन्त्रीको पुत्ला जलाएको घटनालाई लिएर गम्भीर आपत्ति जनाएको छ । मन्त्रालयद्वारा आइतबार विज्ञप्ति जारी गर्दै छिमेकी देशका प्रधानमन्त्रीको प्रतिष्ठामा आँच पुग्ने गरि भएको घटना निन्दनीय र आपत्तिजनक भएको र सो घटना प्रति गृह मन्त्रालयको गम्भीर ध्यानकर्षण भएको जनाएको छ।

दार्चुलामा नेपाली नागरिक तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएको घटनालाई लिएर नेकपा एकीकृत समाजवादीको विद्यार्थी संगठनले शुक्रबार भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गरेको थियो । मित्रराष्ट्रहरु विरुद्ध लक्षित हुने गतिविधि नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्नलाई कारबाही गरिने पनि गृह मन्त्रालयले जनाएको छ ।

नेपाल सरकार सबै मित्रराष्ट्रहरुसँगको पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनै पनि राष्ट्रविरुद्धका गतिविधि हुन नदिने विषयमा कटिवद्ध रहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ । मित्रराष्ट्रहरुसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि गतिविधिहरु नगर्न गृह मन्त्रालयले सबैसँग आग्रह गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.