अफगानिस्तानमा तालिवान सरकार बनेपछि पाँच पत्रकार गिरफ्तार

अफगानिस्तानमा तालिबान सरकार बनेपछि पाँच पत्रकार गिरफ्तार भएका छन् ।

कामचलाउ नयाँ सरकार बनेको भोलिपल्ट नै बुधबार काबुलस्थित एक पत्रिकाका पाँच पत्रकारहरु गिरफ्तार भएको जनाइएको छ ।

इटिलाट्रोज नामक पत्रिकाका प्रधान सम्पादक जाकी डार्याबीले आफ्ना पाँच सहकर्मी पत्रकार गिरफ्तार भएको पुष्टि गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ, “इटिलाट्रोज दैनिक पत्रिकामा कार्यरत मेरा पाँच सहकर्मी पत्रकारलाई तालिबान समूहका व्यक्तिहरुले काबुलबाटै पक्राउ गरेर लगेका छन् ।”

तालिबान समूहले सत्ता कब्जा गरेपछि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र पत्रकारका अधिकारको पूर्ण सम्मान गर्दै त्यसमा कुनै अवरोध नगर्ने प्रतिबद्धता अन्तर्राष्ट्रिय समुदायसामु गरेका थिए । तर उनीहरुले कामचलाउ सरकार बनाएको भोलिपल्ट नै ताजा प्रतिबद्धताको उलङ्घन गरेको भन्दै सर्वत्र आलोचना सुरु भएको छ ।

अन्तर्राष्ट्रिय विभिन्न निकायहरुले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पूर्ण सम्मान गर्न र मानव अधिकार उलङ्घन नगर्न तालिबान समूहलाई अनुरोध गरेका छन् ।

केन्द्रीय राजधानी कब्जा गरेपछि सत्ता हातमा पारेको तालिबान समूहले आफ्नो जित भएको तीन सातापछि मात्रै प्रारम्भिक सरकार गठन गरेको हो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.