तीन वर्षकी बालिका मृत फेला
गुल्मी- गुल्मीमा ३ वर्षकी बालिक मृत फेला परेकी छन् । जिल्लाको मदाने गाउँपालिका वडानम्बर-२ भेडिखोर निवासी ३ वर्षकी आयुशा पोखरेल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तमप्रदास पाण्डेले जानकारी दिनुभयो ।
बालिक हिजो बिहान ११ बजे घरबाट खेल्ने क्रममा हराएकी थिइन् । उनलाई आज बिहान प्रहरी र स्थानीयले खोज्ने क्रममा घरदेखि ५ सय मिटर पर खोल्सामा मृत फेला पारेको (डिएसपी) पाण्डेले बताउनु भयो ।
घटनास्थलतर्फ इलाका प्रहरी कार्यालय पुर्कोटदहबाट प्रहरी निरिक्षकक सहितको टोली खटिएको छ । घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-






प्रतिक्रिया राख्नुहोस्