प्रतिनिधि सभाको बैठक आज १ बजे बस्दै

काठमाडौँ- प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
आज दिउँसो १ बस्ने भनिएको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले “शपथ सम्बन्धी अध्यादेश, २०७८ र गृहमन्त्री बालकृष्ण खाँणले “राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने लगायतका कार्युसूचि तय गरिएको संसद सचिवालयले जनाएको छ ।
यसअघि गत शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सरकारले नयाँ बजेट प्रस्तुत गरेको थियो । प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले भने लगातार विरोध जनाउँदै आएको छ ।।






प्रतिक्रिया राख्नुहोस्