सत्ता साझेदार दलहरुको बैठक बालुवाटारमा

काठमाडौँ- सत्ता गठबन्धनमा सहभागी दलहरुको बैठक आज बस्दै छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र समाजबादी केन्द्रका अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरु बैठकमा सहभागी हुने जनाइएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संसद संचालनमा सत्तासाझेदारको रणनीति , मन्त्रिपरिषद विस्तार तथा सरकारको कामकारवाहीलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल हुन लागेको हो ।
यसैगरी संसदमा राजनीतिक दल सम्वन्धी अध्यादेश फिर्ता लिने कि प्रतिस्थापन विधेयक लैजाने ? भन्ने वारेमा पनि गठबन्धनवीच छलफल हुने जनाइएको छ ।
यसअघि यी दलका शीर्ष नेताहरुबीच सरकारलाई पूर्णता दिने विषयमा छलफल भएपनि निर्णय हुन सकेको थिएन ।।






प्रतिक्रिया राख्नुहोस्