संखुवासभामा भएको सामूहिक हत्याका आरोपी लोकबहादुर कार्की प्रहरीद्वारा सार्वजनिक

संखुवासभा- संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्यामा संम्लग्न १ जनालाई प्रहरीले  पक्राउ गरी आज सार्वनजिक गरेको छ।

हत्यामा संम्लग्न भएको आरोपमा मादी –१ उम्लिङ खोला गाउँकै लोक बहादुर कार्कीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिनुभयो । २६ बर्षीय कार्कीले सामूहिक हत्या आफूले गरेको बयान प्रहरी समक्ष दिएको प्रहरीले जानकारी दिएको छ।

घटनाको बारेमा आज पत्रकार सम्मेलन गरेर प्रहरीले जानकारी दिएको छ ।

गत सोमबार मादी –१ उम्लिङको खोला गाउँमा ५२ वर्षीय तेजबहादुर कार्की, ८४ वर्षीया आमा पार्वती कार्की, ५२ वर्षीया श्रीमती कमला कार्की, तेजबहादुरकी बुहारी ३२ वर्षीया रञ्जना कार्की, नाति ११ वर्षीय दीपेन कार्की र नातिनी ७ वर्षीया गोमा कार्कीको हत्या भएको थियो । घटनाको अनुसन्धानका लागि प्रदेश नम्बर १ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बीसी, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लगायतको टोली घटनास्थल आइपुगेको थियो ।

 

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.