उत्तर कोरियाद्वारा जापानका धेरै भागमा प्रहार गर्न सक्ने क्रूज मिसाइलको परीक्षण

उत्तर कोरियाले जापानको धेरै भागमा प्रहार गर्न सक्ने नयाँ लामो दुरीको क्रूज मिसाइलको सफलतापूर्वक परीक्षण गरेको सरकारी सञ्चारमाध्यमले बताएका छन् ।
केसीएनएका अनुसार आज गरिएको प्रक्षेपणमा ती मिसाइलहरुले १,५०० किलोमिटर टाढासम्मको यात्रा तय गर्न सक्षम छन् । उत्तर कोरियाले परीक्षण गरिएका ती मिसाइललाई ‘निकै महत्व भएका रणनीतिक हतियार’ का रूपमा व्याख्या गरेको छ।
अमेरिकी सेनाले भने यो परीक्षणले सैन्य कार्यक्रम र छिमेकीहरु र अन्तर्राष्ट्रिय समुदायका लागी खतरा विकास गर्नमा उत्तर कोरियाले निरन्तर ध्यान केन्द्रित गरेको बताएको छ ।
केही दिनअघिमात्रै उत्तर कोरियाले मुलुक स्थापना भएको ७३ औं वर्ष पुगेको उपलक्ष्यमा प्योङयाङमा ठूलो सैनिक परेड गरेको थियो ।-






प्रतिक्रिया राख्नुहोस्