प्रधानमन्त्री–दाहाल बैठक बाक्लिँदै
काठमाडौं– पार्टीभित्र उत्पन्न मतभेद कम गर्ने विषयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच सोमबार बिहान पनि छलफल भएको छ ।
बरिष्ठ नेता झलनाथ खनाल र संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहित बसेको दुई शीर्ष नेताको बैठकमा जारी स्थायी कमिटी बैठक, सरकार सञ्चालनलगायतका विषयमा छलफल भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा अबरुद्ध स्थायी कमिटी बैठक सहमतिमा बोलाउने विषयमा छलफल भएको छ । साउन १३ गते स्थायी कमिटी बैठक स्थगित भएपछि उत्पन्न भएको असमझदारी अन्त्य गर्न आइतबारदेखि निरन्तर बैठक भइरहेको छ ।
बैठक मंगलबार साँझ ५ बजे पुनः बस्नेछ ।
प्रतिक्रिया राख्नुहोस्