२४ घण्टामा ७६० संक्रमित थपिए
८९९ जना डिस्चार्ज, ११ जनाको मृत्यु

काठमाडौं– नेपालमा गत २४ घण्टामा ७६० कोभिड १९ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३१ जनाको नमूना परीक्षण गर्दा ७६० जनामा संक्रमण पुष्टि भएको हो ।
२४ घण्टामा ८९९ जना डिस्चार्ज भएका छन् भने ११ जनाको मृत्यु भएको छ ।
नेपालमा सक्रिय संक्रमित संख्या घटेर १५३४० जना रहेको छ ।
नेपालमा हालसम्म ११ हजार २ सय २१ जनको मृत्यु भएको छ ।






प्रतिक्रिया राख्नुहोस्