आजदेखि सप्तरीमा निषेधाज्ञा जारी

सप्तरी- समुदाय स्तरमा कोरोनाको सङ्क्रमण बढेको पाइएपछि सप्तरी जिल्लाभरि स्थानीय प्रशासनले आजबाट निषेधाज्ञा जारी गरेको छ ।

यही साउन २६ गतेसम्म छ दिनका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले जानकारी दिनुभयो ।

सप्तरी जिल्लाभरिमा हालसम्म ५ सय ३१ जनामा कोरोना सङ्क्रमण भेटिएपछि राजविराजसहित सप्तरी जिल्लाभरि अहिले बिहान ५ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो । सप्तरीको सदरमुकाम रहेको राजविराज नगरपालिका क्षेत्रमा यसअघिबाटै निषेधाज्ञा जारी थियो ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.