बहसमा फर्कन नेपाल बार एसोसिएसनको अपिल
काठमाडौं– नेपाल बार एसोसिएसनले आफ्ना सदस्यहरूलाई बहसमा फर्कन आग्रह गरेको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर बहस बहिष्कार गर्ने निर्णय गरेको बारको शुक्रबार बसेको बैठकले आइतबारदेखि बहसमा फर्कन वकिलहरूलाई आग्रह गरेको हो ।
शुक्रबार बसेको बारको बैठकले भद्र अवज्ञाको नीति लिँदै कालो पट्टी बाँधेर आइतबारबाट बहसमा सहभागी हुने तर प्रधानन्यायाधीश जबराको इजलास भने बहिष्कार गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया राख्नुहोस्