टोंङ्गामामा भेटिए पहिलो कोरोना संक्रमित

कोरोना संक्रमण नभएको अन्तिम देशमध्येमा टोंङ्गा रहको थियो

प्रशान्त महासागरको टापुमा रहेको देश टोंङ्गामा कोरोना भाइरसको संक्रमण सुरु भएको डेढ वर्षको अवधिमा पहिलो संक्रमित भेटिएका छन् । गत शुक्रबार पहिलो संक्रमित पहिचान भएपछि टोंङ्गाले कोरोना विरुद्धको खोप कार्यक्रमलाई तीब्रता दिने भएको छ ।

न्युजिल्याण्डबाट स्वदेश फर्किरहेका पूर्ण खोप लगाएका एक नागरिकलाई परीक्षणको क्रममा संक्रमण पुष्टि भएको हो । संक्रमणको पहिलो केस भेटिएपछि टोंगाका प्रधानमन्त्री पोहिभाले टोंङ्गाको मुख्य क्षेत्र टोंङ्गाटापुमा आगामी साताबाट लकडाउन हुनसक्ने भन्दै चेतावनी दिएका छन् ।

न्युजिल्याण्डको उत्तर पूर्वमा रहेको टापुको देश टोंङ्गामा १ लाख जनसंख्या रहेको छ । कोरोना संक्रमण नभएको अन्तिम देशमध्येमा टोंङ्गा रहको थियो । टोंङ्गाका एक तिहाई जनसंख्याले मात्रै पूर्ण खोप लगाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.