चीन सरकारले नेपाललाई थप १६ लाख डोज कोरोना खोप सहयोग गर्ने

काठमाडौं– चीन सरकारले नेपाललाई थप १६ लाख डोज कोरोना खोप सहयोग गर्ने भएको छ ।

चीनले नेपाललाई भेरोसेल खोप सहयोग गर्न लागेको हो । आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री विरोध खतिवडालाई खोप हस्तान्तरण गर्नुभयो ।

राजदूत यान्छीले चिनियाँ जनमुक्ति सेनाले नेपाली सेनालाई ३ लाख डोज खोप तथा मेडिकल उपकरण सहयोग गर्ने समेत जानकारी दिनुभयो । आज प्रतिबद्धता जनाइएको खोप डिसेम्बर ५ तारिकमा नेपाल आइपुग्ने नेपालका लागि चीनका राजदुत यान्छीले बताउनुभयो ।

चीनले हालसम्म ३४ लाख डोज खोप अनुदान दिएको छ । त्यस्तै चीनबाट नेपालले ५९ लाख डोज कोभ्याक्स खोप कस्ट सेयरिङ अन्तर्गत खरिद गरेको छ । जसमध्ये १० लाख २० हजार डोज खोप आइसकेको छ । थप खोप ल्याउने प्रक्रिया चलिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.