नयाँ रणनीति बनाउँदै नेपाल बार एसोसिएसन

काठमाडौं- प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले आगामी रणनीति तय गर्न छलफल सुरु गरेको छ ।

तिहारलगत्तै निर्णायक आन्दोलनको घोषणा गरेको नेपाल बारले देशभरका ८३ वटै बार एकाइसँग भावी आन्दोलनको स्वरुप तय गर्न जुम बैठक गरेको महासचिव लिलामणि पौडेलले जानकारी दिनुभयो । बैठकले सोमबारबाट गर्ने आन्दोलनको स्वरुप तयार पार्नेछ ।

तिहारअघि जबराको राजीनमा माग्दै सर्वोच्च अदालतअघि धर्ना र कोणसभा गरेको बारले सोमबार अदालत खुलेलगत्तैबाट जबराको राजीनामा नआएसम्मका लागि दबाबमूलक कार्यक्रम गर्दै छ ।

सरकारसँग नियुक्तिमा लेनदेन गरेको भन्दै सर्वोच्चका न्यायाधीशहरु प्रधानन्यायाधीशविरुद्ध आन्दोलनमा उत्रिएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.