२४ घण्टामा देशभर ४४० कोरोना भाइरस सङ्क्रमित थपिए

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ४४० जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् ।

पाँच हजार ४०७ जनामा पीसीआर परीक्षण र एक हजार ४०७ जनामा एन्टीजेन परीक्षण गर्दा सो संख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४७४ जना कोरोना मुक्त भएका र ६ जनाको संक्रमणबाट मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७.७ प्रतिशत रहेको छ भने हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ४६० पुगेको छ ।

देशभर हाल सात हजार ५१९ जना सक्रिय सङ्क्रमित रहेका छन् । जसमध्ये १ सय ८९ जनाको आइसियु र ५३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.