प्रदेश प्रमुखहरूको शपथ

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रदेश प्रमुखहरूले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति भवनमा आज अपराह्न आयोजित विशेष समारोहमा नेपालको संविधानको धारा १६७ अनुसार प्रदेश नं १ का प्रमुख परशुराम खापुङ, कर्णाली प्रदेशका प्रमुख तिलक परियार र सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले राष्ट्रपतिसमक्ष शपथ लिनुभएको हो ।

त्यस अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा उपस्थित हुनुहुन्थ्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.