एमाले महाधिवेशनः अध्यक्ष ओलीसहितले लिनुभयो शपथ

चितवन– नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले शपथ लिनुभएको छ ।

नवनिर्वाचित अध्यक्ष ओलीले मंगलबार साँझ सौराहामा केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाबाट शपथ लिनुभएको हो । अध्यक्ष ओलीले केन्द्रीय कमिटीका निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई शपथ खुवाउनुभयो ।

अध्यक्ष ओली डा. भीमबहादुर रावललाई हराउँदै निर्वाचित हुनुभएको हो । उहाँले १८३७ मत पाउँदा रावलले २२३ मत पाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.