भारतीय पूर्वसेना प्रमुख रावत चढेको हेलिकप्टर दुर्घटना

नयाँ दिल्ली– भारतीय पूर्वसेना प्रमुख विपिन रावत चढेको हेलिकप्टर दुर्घटना भएको छ ।
रावत र उनका परिवारका सदस्यहरू चढेको इन्डियन एयरफोर्सको एमआई सिरिजको हेलिकप्टर तमिल नाडुको कोइम्बातोर क्षेत्रमा दुर्घटनामा परेको बीबीसीले जनाएको छ ।
रावत कुनुरबाट वालिङ्टन जाँदै गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
अहिलेसम्म दुई जनाको शव फेला परेको र तीन जनाको उद्धार गरिएको बताइएको छ ।






प्रतिक्रिया राख्नुहोस्