सांसद आचार्यले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने

काठमाडौं- नेपाली कांग्रेसका सांसद इञ्जिनीयर मोहन आचार्यले नेपाली कांग्रेसको आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुहुने भएको छ ।
रसुवाका सांसद आचार्यले हिजो आयोजित एक कार्यक्रममा आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । उहाँले आम नेपालीको जीवनस्तर उकास्न तथा स्वरोजगारमूलक अभियान सञ्चालन गर्नका लागि आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको बताउनुभयो ।
काँग्रेसको लगानी, पूर्वाधार र रोजगार एवं दिगो परियोजना केन्द्रित विशेष समितिमा रहेका आचार्य रसुवाबाट प्रतिनिधिसभामा निर्वाचित भएसँगै ‘समृद्ध रसुवा’ निर्माण अभियान सुरु गर्नुभएको थियो ।
विस २०७४ को प्रतिनिभिसभा निर्वाचनमा रसुवाबाट निर्वाचित सांसद आचार्यको पहलमा रसुवामा विकास निर्माणका विभिन्न काम भएका छन् ।-






प्रतिक्रिया राख्नुहोस्