कांग्रेस उपसभापतिको मतगणनाः कसको मत कति ?

काठमाडौं– नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत उपसभापतिको मतगणना भइरहेको छ । पार्टी कार्यालय सानेपामा बुधबार साँझदेखि सुरु भएको उपसभापतिको मतगणनामा नवनिर्वाचित सभापति शेरबहादुर देउवा र निकटतम प्रतिद्वन्द्वी शेखर कोइराला समूहबीच नै कडा प्रतिस्पर्धा देखिएको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिले मतगणना तीन स्थानमा भइरहेको जनाएको छ ।
हालसम्म गणना भएको मत संख्या– ३५५८
| उम्मेद्वारको नाम | प्राप्त मत |
| पूर्णबहादुर खड्का | १६३४ |
| विजयकुमार गच्छदार | १४४३ |
| धनराज गुरुङ | १४३७ |
| चन्द्र भण्डारी | १२५७ |
| सुजाता कोइराला | ४३८ |
| महेश आचार्य | ४१३ |
| दिव्यश्वरी शाह | ११७ |






प्रतिक्रिया राख्नुहोस्