खुला केन्द्रीय सदस्य महिलाः डिला पहिलो, आरजु राणा तेस्रो स्थानमा

काठमाडौं– नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यमा डिला संग्रौलाले सबैभन्दा बढी मत पाउनुभएको छ ।
१३६४ मतगणना हुँदा डिला संग्रौलालले ८२५ मत पाउनुभएको छ । दोस्रोमा पुष्पा भूसालले ८०२ र आरजु राणाले ७२८ मत पाउनुभयो ।
यसैगरी अम्बिका बस्नेत ६५८, ईश्वरी न्यौपाने ६४०, सरिता प्रसाईं ६२४, रमा कोइराला ५२९, सुशीला ढकाल ५१९ र अनिता देवकोटाले ५१३ मत पाउनुभएको छ ।






प्रतिक्रिया राख्नुहोस्