‘कर्मचारी दक्ष भएमा निजामति कर्मचारीतन्त्र बलियो हुन्छ ’

काठमाडौं- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सार्वजानिक सेवा प्रवाहलाई अझै चुस्त बनाउन आवश्यक रहेका बताउनुभएको छ ।

नेपाल प्रशासनिक पशिक्षण प्रतिष्ठानद्वारा सचिव तथा विशिष्ट श्रेणीका अधिकृतका लागि आज यहाँ आयोजित गोष्ठीलाई सम्बोधन गर्दै उहाँले कर्मचारी दक्ष भएमा निजामति कर्मचारीतन्त्र नै बलियो हुँदै जाने बताउनुभयो । उहाँले भन्नुभयो, “एक कुशल एवं दक्ष कर्मचारीले चलाएको कार्यालय निकै पारदर्शी हुनेछ । यसो भएमा शिक्षित तथा जानेका अनि बुझेका व्यक्तिले काम गर्र्ने अवसर पाउनेछन् ।”

मुख्य सचिव शङ्करदास बैरागीले सरकार तथा जनता दुवैका लागि सार्वजनिक प्रशासनको महत्वपूर्ण भूमिका रहने जानकारी गराउँदै आफ्नो जिम्मेवारी पूर्णरुपमा अघि बढाउन आग्रह गर्नुभयो । प्रतिष्ठानका कार्यकारी निर्देशक डा राजन खनालले आफूहरुले कर्मचारी प्रतिस्पर्धालाई बलियो बनाउने योजनाबमोजिम कम गरिरहेको भनाइ राख्नुभयो ।सो अवसरमा सार्वजनिक खरिद नियमावली संसोधन तथा व्यवस्थापन र सार्वजनिक सेवा प्रवाहमा देखिएका चुनौतीबारे छलफल गरिने जनाइएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.