गठबन्धन कसैको खिलाफमा छैनः प्रधानमन्त्री

एमसीसी राष्ट्रघाती नभएको बताउँदै अध्ययन गर्न प्रधानमन्त्रीको सुझाव

काठमाडौं– प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन कसैको खिलाफमा नभएको बताउनुभएको छ ।

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले संविधानअनुसार संसद पूरा कार्यकाल चलोस् भन्ने उद्देश्यले गठबन्धन बनेकोसमेत उल्लेख गर्नुभयो । ‘गठबन्धन कसैको खिलाफमा छैन, कसैको विरुद्धमा छैन,’ उहाँले भन्नुभयो, ‘संविधानअनुसार संसद पूरा कार्यकाल चलोस्, संसद भंग नहोस् भन्ने पुनित उद्देश्यले गठबन्धन बनेको हो ।’

प्रधानमन्त्री देउवाले गठबन्धन पूरा समय जाने बताउँदै आशंका नगर्न पनि आग्रह गर्नुभयो ।

प्रधानमन्त्री देउवाले शान्ति प्रक्रियाका बाँकी काम पनि पूरा गरेर स्थायी शान्ति स्थापित गर्ने प्रतिबद्धता जनाउनुभयो ।

अर्को प्रसंगमा प्रधानमन्त्री देउवाले एमसीसी राष्ट्रघाती नभएको बताउँदै अध्ययन गर्न सुझाव दिनुभयो । ‘राष्ट्रको खिलाफमा जाने काम मैले कसरी गर्न सक्नुहुन्छ,’ उहाँले प्रश्न गर्दै भन्नुभयो, ‘सित्तैमा आएको पैसा पनि नलिऊँ भन्छन्, वर्ल्ड बैंक, एसियाली विकास बैंकले नेपालको कानून मान्दैनन्, एमसीसीले त नेपालको कानून मान्छु भनेको छ त ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.