एशियन सेन्ट्रल जोन भलिबल :नेपाल र उज्वेकिस्तानबीच आज फाइनल खेल
बङ्गलादेशमा जारी एभिसी एशियन सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप अन्तर्गत नेपालले आज उज्वेकिस्तानसँग उपाधीका लागि फाइनल खेल खेल्दैछ ।
नेपालले यसअघि लिग चरणमै उज्वेकिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरिसकेको हुनाले नेपाली टोली उच्च मनोबलका साथ फाइनलमा उत्रदैछ । महिलातर्फको खेलमा नेपाल शिर्ष स्थानमा रहदै फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगितामा अविजित नेपाली महिला टोली अंकको आधारमा एक खेल बाँकी छँदै फाइनल पुगेको थियो ।
हिजो कीर्गिस्तानलाई पराजित गर्दै खेलेका सबै खेलमा स्पष्ट जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो । हिजोको खेलमा साविक विजेता नेपालले कीर्गिस्तानलाई ३–० को सेटमा पराजित गर्यो ।
नेपालले पहिलो सेट २५–८ ले सहजै आफ्नो पक्षमा पार्यो भने दोस्रो सेट २५–१४ तथा तेस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्दै जीत हासिल गर्न सफल भयो । अपराजित रहेको नेपालले लिग चरणमा श्रीलङ्कालाई ३–२ को सेटमा पराजित गरेको थियो भने माल्दिभ्स, बङ्गलादेश र उज्वेकिस्तानलाई समान ३–० को सोझो सेटमा हराएको थियो ।
नेपाली पुरुष टोलीले भने आज तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्दैछ ।।






प्रतिक्रिया राख्नुहोस्