प्रदेश २ को नाम र राजधानी सम्बन्धी प्रस्ताव आज प्रदेश सभामा टेबुल हुँदै

काठमाडौँ- प्रदेश नम्बर २ को नाम र स्थायी राजधानी टुंगो लगाउने सम्बन्धी प्रस्ताव आज बस्ने प्रदेशसभा बैठकमा टेबुल गरिने भएको छ ।

प्रदेशसभाको आज  बस्ने बैठकमा प्रस्ताव टेवुल गरिने प्रदेशसभा सचिवालयले जनाएको हो । नाम र स्थायी राजधानीका विषयमा सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठित विशेष समितिले विभिन्न विकल्प सहितको प्रस्तावहरु सुझाएको छ ।

प्रदेशसभा बैठकमा विशेष समितिले प्रतिवेदन सार्वजनिक गर्दै ६ वटा नामको प्रस्तावलाई चारवटामा र ६ वटा राजधानीको प्रस्तावलाई तीन वटामा सिमित गरिएको जानकारी दिइएको छ ।

नामको प्रस्तावहरुमा ‘मधेश प्रदेश’, ‘मिथिला भोजपुरा प्रदेश’, ‘जानकी प्रदेश’ र ‘मध्य मधेश प्रदेश’ रहेका छन । यस्तै, राजधानीको लागि जनकपुरधाम र वीरगञ्जको दुई वटा ठाउँ गरी तीनवटा प्रस्ताव पेश भएका छन । नाम र राजधानी सम्बन्धी प्रस्तावहरुमा सहमति नजुटे मतदानबाट टुंगो लगाइने तयारी गरिएको छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.