राष्ट्रियसभा सदस्य निर्वाचनः निर्वाचन परिणाम आउन सुरु

काठमाडौं– राष्ट्रियसभा सदस्यको १९ रिक्त पदका लागि आज भएको मतदान शान्तिपूर्ण र उत्साहजनकरुपमा सम्पन्न भएको छ ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माका अनुसार निर्वाचनमा दुई हजार सात मत खसेको छ । देशका विभिन्न प्रदेशमा कायम रहेका आठ मतदानस्थल र १४ केन्द्रमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान भएको हो । निर्वाचन सकिएलगत्तै कतिपय प्रदेशमा सुरु भएको मतगणनाको परिणाम आउन सुरु भएको छ ।

प्रदेश १ मा गठबन्धनबाट जयन्ती राई र एमालेका सोनाम ग्याल्जेन शेर्पा निर्वाचित हुनुभएको छ ।

म्बिनीको राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । लुम्बिनीमा तीन रिक्त पदमा एमालेका उम्मेदवारलाई हराउँदै सत्ता गठबन्धनबाट खु्ल्ला सदस्यमा नेपाली कांग्रेसका युवराज शर्मा, महिला सदस्यमा नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र दलित सदस्यमा राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा निर्वाचित भएको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनमा सुदूरपश्चिमबाट महिलातर्फ नेकपा एकीकृत समाजवादीकी गरिमा शाह (मदनकुमारी शाह) निर्वाचित हुनुभएको छ ।

आगामी फागुन २० गते नेकपा (एमाले)का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिने भएकाले ती रिक्त स्थानका लागि निर्वाचन भएको हो ।

सदस्यको पदावधि समाप्त हुन ३५ दिनअघि नै निर्वाचन गर्नुपर्ने प्रावधान छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार निर्वाचन प्रतिस्पर्धामा हुनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.