शीर्ष बैठकः एमसीसीमा सहमति जुटाउने प्रधानमन्त्रीको प्रयास

- दाहालद्वारा चुनावपछि एमसीसी अनुमोदन गर्न प्रस्ताव - सत्तापक्षलाई सामूहिक धारणा बनाउन प्रतिपक्षको सुझाव

 

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०मा राष्ट्रिय सहमति जुटाउने प्रयास गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले आइतबार सत्तारुढ प्रमुख घटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग दुई घण्टाभन्दा बढी छलफल गर्नुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हार्दिकताका साथ नेताहरुबीच कुरा भएको बताउँदै नेपालको राजनीतिका लागि सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो । उहाँले आगामी दिनमा पनि छलफलले निरन्तरता पाउने जानकारी दिनुभयो ।

बैठकमा सहभागी एमाले महासचिव शंकर पोखरेलका अनुसार प्रधानमन्त्रीले एमसीसीमा सहयोग गर्न शीर्ष नेताहरुलाई अपिल गर्नुभएको थियो । ‘प्रधानमन्त्रीले एमसीसीलगायतका विषयलाई अगाडि बढाउन सहयोग गर्नुहोस् भन्नुभयो,’ पोखरेलले भन्नुभयो ।

दोस्रोपटकको संसद विघटन सर्वोच्च अदालतले बदर गरेपछि सत्ताबाट बाहिरिनुभएका अध्यक्ष ओली ७ महिनापछि बालुवाटार पुगेर शीर्ष नेताको बैठकमा सहभागिता जनाउनुभएको थियो ।

महासचिव पोखरेलले प्रधानमन्त्री प्रणालीमा सत्तारुढ पार्टीबीच फरक फरक धारणा आउनु राम्रो नभएको भन्दै एमसीसीमा सामूहिक धारणा बनाउन सुझाव दिएको जानकारी दिनुभयो ।

पोखरेलले एमाले कुनै पनि विषयमा अनिर्णीत नहुने बताउँदै संसद सञ्चालन भएको अवस्थामा एमसीसीबारे पार्टी धारणा सार्वजनिक गर्ने जानकारी दिनुभयो ।

बैठकमा प्रधानमन्त्री देउवा, अध्यक्ष ओली र दाहालसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्की र एमाले महासचिव पोखरेल सहभागी हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.