जीवन धान्न धौ भएपछि बस्ती नै खाली गरेर विदेशिन्छन धादिङ क्युङ्गका स्थानीय
धादिङ- दैनिक जिविका चलाउनका लागि कामको खोजीमा मानिसहरुले गाउँ छाड्न थालेपछि उत्तरी धादिङको विकट क्युङ्गको दुई वटा बस्ती थली र गोरगाङ्ग गाउँ नै खाली भएको छ ।
आफ्नो उत्पादनले तीन महिना पनि खान नपुग्ने भएपछि सो क्षेत्रका स्थानीयहरु भारतको हिमाञ्चल प्रदेशमा कामका लागि गएका छन ।
कामका लागि गएपनि बेलाबेलामा घर फर्कने गरेका उनीहरु पटक पटक देखा परेको कोरोना संक्रमणका कारण अहिले भने भारतबाट आवत जावतमा समेत समस्या हुने गरेपछि समस्यामा परेका छन् ।
विकासका कुनैपनि पुर्वाधारहरु पुग्न नसकेको सो गाउँमा मानिसहरु अहिले पनि खाद्यान्नको अभाव झेलिरहेका छन् ।
खाद्यान्नको निकै अभाव झेल्दै आएका सो क्षेत्रका स्थानीयहरुले आफ्नो गाँउ ठाँउको माटो र हावापानी सुहाउँदो खेतीपातीमा सहयोग गर्न सम्वन्धित निकायसँग माग गरेपनि उनीहरुको मागको कुनै सुनुवाइ भएको छैन ।
कृषि मात्रै मुख्य आम्दनीको श्रोत भएको सो क्षेत्रका स्थानीयहरुले उत्पादित कृषि जन्य बस्तुहरुले जीवन निर्वाहसमेत आफ्नै ठाउँमा बसेर गर्न नसकेको जनप्रतिनिधिहरुको भनाइ छ ।
जिल्लाको विकट मध्य एक मानिने क्युङ्गमा अहिलेसम्म विकासको कुनै पनि पुर्वाधारले छोएको छैन ।।
प्रतिक्रिया राख्नुहोस्