जन्ती चढेकाे गाडी दुर्घटना, २२ जना घाइते

दाङ-दाङमा जन्ती चढेकाे गाडी दुर्घटना भएको छ । २२ जना जन्ती घाइते भएको र तीन जनालाई बढी चाेट लागेकाे छ । भारत बाट दुलही लिन काेइलावास हुदै दाङको राजपुर आउँदै गरेको जन्ती बोकेको भारतीय नम्बर प्लेट युपी ४६ टि २८३७ पिक अप भ्यान गढवा-५ चिसापानी नजिक दुर्घटना भएको थियाे ।

भारत उत्तर प्रदेशको शंकरपुर भन्ने ठाउँबाट राजपुर खरदरियामा दुलही लिन आउदै गरेको भ्यान शुक्रबार साँझ करिब ७ बजे तिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

घाइते सबैलाई उपचारका लागि लमही अस्पताल ल्याइएको छ । दुलाह अर्काे गाडीमा चढेका थिए । गाडीकाे ब्रेक फेल हुदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.