बाढी प्रभावित क्षेत्रको अध्ययन शुरु

मनाङ- मनाङ जिल्लामा गत असारमा आएकाे बाढी पहिरोका कारण बस्ती नै समस्यामा परेपछि सरकारले यसको अध्ययन गरेर सुरक्षित बस्ती बसाउने तयारी गरेको छ।

गत बर्षातमा मर्स्याङ्दी नदी आसपासकाे क्षेत्रमा निजी घरवस्ती तथा सार्वजिक भवन, पूर्वाधार र सम्पत्तिको ठूलो क्षति भएकोले यी बस्ती र सार्वजनिक सम्पत्ति जोगाउन अध्ययन शुरु गरिएको हो ।

खासगरी, मनाङको नासाें गाउँपालिका वडा नं १ तालगाउँमा नदी नियन्त्रण गरी वस्ती जाेगाउने र ताचै गाउँ पहिरो नियन्त्रणका लागि समेत समग्र अध्यययन गरी प्रतिवेदन पेश गर्नका लागि नेपाल सरकार गृह मन्त्रालय NDRRM बाट आएको जिओलोजिष्ट, जलविज्ञानविद् र इञ्जिनियर संलग्न प्राविधिक विज्ञ सहितको टाेलीले यहाँको स्थलगत अध्ययन गरेको हो।

विज्ञटाेलीले दिने प्रतिवेदन वमाेजिम आगामी बर्षात् अगावै तत्काल नदी तथा पहिराे नियन्त्रण गरी बस्ती बचाउने काम शुरु गरिने जिल्ला प्रसासन कार्यलय मनाङले जनाएकाे छ ।।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.