एमसीसीमा सहमतिको कसरत, कांग्रेस–एमाले बैठक निष्कर्षविहीन

काठमाडौं– प्रमुख विपक्षी नेकपा एमाले र सत्तारुढ नेपाली कांग्रेसका नेताहरुबीचको एमसिसी पारित गर्ने लगाएतका सम्बन्धमा आज छलफल भएको छ ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको बैठकमा कांग्रेस नेताहरुले प्रतिनिधिसभालाई नियमित संचालन गरेर एमसीसीलाई राष्ट्रिय सहमतिका साथ अनुमोदन गर्ने प्रस्ताव गर्नुभएको थियो । कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सदनको अवरोध हटाउन र एमसीसी पारित गर्नका लागि कांग्रेसले प्रस्ताव गरेको तर एमालेले स्वीकार नगरेको जानकारी दिनुभयो ।

एमाले महासचिव शंकर पोखरेलले संसदभित्र सभामुखको भूमिकालाई लिएर एमालेले राखेको माग सुनुवाई नभएसम्म अन्य प्रक्रियामा एमालेको सहभागी नहुने बताउनुभयो । उहाले एमसीसीका बारेमा सत्ता गठबन्धनको धारणा नआएसम्म प्रतिपक्षको धारणाको अर्थ नहुने बताउनुभयो ।

दुबै दलका नेताहरुले सहमतिको प्रयासस्वरुप छलफललाई निरन्तरता दिने जनाएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.