प्रतिनिधि सभा बैठक : सूचना आयोगको प्रतिवेदन पेस
काठमाडौं– प्रतिनिधि सभाको आजको बैठकमा सूचना आयोगको प्रतिवेदन पेस भएको छ ।
प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले आयोगको २०७७/७८ को वार्षिक प्रतिवेदन पेस गर्नुभएको हो ।
आज पनि एमालेले १४ सांसदको कारबाही सदर गर्न माग गर्दै नाराबाजी गरेको छ ।
प्रतिनिधि सभाको अर्को बैठक फागुन २२ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।
प्रतिक्रिया राख्नुहोस्