माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

काठमाडौं– नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

राष्ट्रिय सभागृहमा शुक्रबारदेखि सुरु भएको बैठकले समसामयिक राजनीति, स्थानीय तह निर्वाचनको तयारी, पदाधिकारी चयन, केन्द्रीय सदस्यहरुको मनोनयन, पोलिटब्युरो र स्थायी समिति गठन लगायत निर्णय गर्नेछ ।

गत पुसमा आयोजित आठौं राष्ट्रिय महाधिवेशनले केन्द्रीय सदस्यमात्र चयन गरेको थियो ।

माओवादी केन्द्रले विधान अनुसार पदाधिकारीमा एक जना वरिष्ठ उपाध्यक्ष, ६ जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष चयन गर्न बाँकी छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button
Close

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.