प्रतिनिधि सभा बैठकः ११ सदस्यीय महाअभियोग सिफारिस गठन

काठमाडौं– प्रतिनिधि सभामा महाअभियोग सिफारिस समिति गठन गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध संघीय संसद् सचिवालयमा दर्ता भएको महाअभियोग प्रस्ताव अगाडि बढाउन सिफारिस समिति गठन गरेको हो ।

प्रतिनिधि सभाको आइतबार बसेको बैठकमा सभामुखले प्रस्तुत गर्नुभएको महाअभियोग सिफारिस समिति गठनको प्रस्ताव स्वीकृत भएको छ ।

महाअभियोग सिफारिस समितिमा एमालेका विष्णु पौडेल, लालबाबु पण्डित, डा. शिवमाया तुम्बाहाङ्फे र कृष्णभक्त पोखरेल, नेपाली कांग्रेसबाट मिनबहादुर विक र रामबहादुर विष्ट, माओवादी केन्द्रबाट यशोदा सुवेदी र रेखा शर्मा, नेकपा एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोकतान्त्रिक समाजवादी पार्टीबाट एकवाल मियाँ र जनता समाजवादी पार्टीबाट प्रमोद साह सदस्य रहनुभएको छ ।

बैठकमा एमाले सांसद मोहन बानियाँ बलात्कार अभियोगमा पक्राउ परेकोबारे सभालाई जानकारी दिइएको थियो ।

बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१ औं वार्षिक प्रतिवेदन २०७७÷७८ पेस गर्नुभएको थियो ।

अर्को बैठक आगामी फागुन २९ गते आइतबार दिउँसो १ बजे बस्नेछ ।

आजको बैठकमा एमालेले नाराबाजी जारी राख्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker to browse our secure website.